चार हात्ती दोस्रो चरणमा

चार हात्ती दोस्रो चरणमा

सौराहा : पर्यटकीय नगरी सौराहामा सुरु भएको हात्ती महोत्सवमा चार हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार भएको हात्ती फास्टवाकमा सहभागी पाँच हात्तीमध्ये छिटो हिँड्ने चार हात्तीले दोस्रो चरणमा प्रवेश पाएका हुन्। महोत्सवअन्तर्गतको फास्ट वाकमा लक्कीकली पहिलो भइन्।

 नेपाल ट्रेकिङ एसोसियन नेपाल टानको प्रतिनिधित्व गरेको लक्की कलीले एक सय मिटरको दूरी ३२ सेकेन्डमा पार गरेकी थिइन्। प्रतियोगिताअन्र्तगत बाह्रखरीको पूजाकली, रुस्लानको रानीमाया कली र न्युज २४ को गुलाफकली पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। हात्ती फास्ट वाकको पहिलो चरणमा १५ हात्ती सहभागी थिए। तीमध्येबाट १२ हात्तीले दोस्रो चरणमा प्रवेश पाउनेछन्। बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा हात्तीको फास्ट वाक गरिएको हो।

बुधबार नै हात्तीको छावाबीचको मैत्रीपूर्ण फुटबल गराइएको थियो। मैत्रीपूर्ण खेलमा एमई ट्राभल एन्ड टुर्सले मेगा बैंकलाई १–० गोलले पराजित ग¥यो। पर्यटकीय आकर्षणको लागि क्षेत्रीय होटेल संघ चितवनले बर्सेनि महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। उनले हात्तीको छावाबीचको फुटबलको अवलोकन पनि गरेकी थिइन्।

महोत्सवअन्तर्गत बिहीबार हात्तीको वनभोज कार्यक्रम हँुदैछ। करिब एक सय हात्तीलाई राखेर वनभोज गरिने महोत्सव संयोजक सुमन घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.