सिटौलाको टिप्पणी - 'देउवा र पौडेलबीच कस्तो लभ पर्यो थाहा भएन'
काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता राचन्द्र पौडेलबीच 'लभ' परेको कुरा आफूलाई जानकारी नभएको नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्। महासमिति बैठकबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन सिटौलाले सभापति देउवाको 'डिप लभ' पर्यो भन्ने अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गरेका हुन्।
पार्टीमा एकअर्काविरुद्ध उभिएका सभापति देउवा र वरिष्ठ नेता पौडेलले हालै सम्पन्न महासमिति बैठकपछि आफूहरू 'डिप लभ' (गहिरो प्रेम) मा परेको बताएका थिए।
महासमिति बैठकले केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित हुनुपर्ने माग गरेको भन्दै सिटौलाले महासमितिको सुझावलाई समेटेर केन्द्रीय समितिले विधान पारित गर्ने समेत बताए। नयाँ विधान संघीय संरचना अनुसार बनाइएको भन्दै उनले विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको जानए।
त्यस्तै अर्का नेता गगन थापाले पार्टीमा गुटबन्दी हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए। 'जे जस्तो भएपनि अब पार्टीको नयाँ विधान अनुरुप अगाडि बढ्नुपर्छ' पत्रकार सम्मेलनमा नेता थापाले भने। उनले कांग्रेसको महासमिति बैठकमा नेताहरुले आत्मसमीक्षा गरेको समेत बताए। कतिपय सन्दर्भमा आत्मवोध गर्दै सार्वजनिक रूपमा क्षमायाचना पनि गर्नुपर्ने नेता थापाले बताए।