१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ, एक फरार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ, एक फरार

दमक : मोरङको उर्लाबारी नगरपालिकामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार एक युवक पक्राउ परेका छन् । अर्का एकजना फरार छन् ।

उर्लाबारी–१ लक्ष्मीझारका २४ वर्षीय गोपाल दनुवार पक्राउ परेका हुन् । जबरजस्ती करणीमा संलग्न रहेका भनिएका अर्का युवक सोही ठाउँका २३ वर्षीय बिटु भनिने धिरज श्रेष्ठ फरार छन् ।

बुधबार राति बालिकालाई करणी गरेको उक्त घटना बिहीबार मात्र सार्वजनिक भएको हो । घरमा सोधी खोजी गर्दा बालिकाले घटना बारे बताएपछि करणी भएको थाहा भएको उनका परिवारले जनाएका छन् ।

करणी गरेको विषयमा बिहीबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीमा खबर आएपछि प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपी दनुवारलाई मध्यान्ह १२ बजे पक्राउ गरेको हो ।

बालिकाले नै बलात्कारीलाई सनाखत गरेको आधारमा पक्राउ गरिएको तिमल्सिनाले जानकारी दिए । अर्का फरार बिटु भनिने सुरजको खोजी कार्य भइरहेको बताइएको छ ।

बुधबार साँझ उर्लाबारी–१ लक्ष्मीझारस्थित मनोहर सामुदायिक वन नजिकै बालिकालाई जर्बजस्ती करणी गरेको बताइएको छ । उनलाई मोबाइल दिएर फकाएर बुधबार बेलुका साढे सात बजे जंगलको एक खोल्सीमा लगेर जबरजस्ती गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

७ कक्षामा अध्ययनरत ती बालिकालाई यसअघि पनि बाटोमा हिँड्दा गोपाल र धिरजले जिस्काउने गरेको खुलेको छ । बालिका र पक्राउ परेका दनुवारको स्वास्थ्य परिक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पक्राउ परेका दनुवार र फरार रहेका श्रेष्ठ विरुद्ध बिहीबारै जिल्ला अदालत मोरङमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए । १६ वर्षभन्दा मुनिका बालबालिका करणीमा दोषी ठहरिए १२ देखि १४ वर्षसम्म जेल सजायको व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.