तराईका शितलहरपीडितलाई पहाडको न्यानो माया

तराईका शितलहरपीडितलाई पहाडको न्यानो माया

महोत्तरी : पैंसठ्ठी वर्षीय जुलमा मुसहरको च्याउरीले मुज्जा परेको अनुहार बिहीबार उज्यालिएको थियो। चिसोले कठियाङग्रिएर त्रिपालमा रात काट्दै गरेका उनले ओढ्ने न्यानो ब्लयाङकेट, ओछ्याउने म्याट, त्रिपाल, न्यानो लुगाफाटो, खानेकरा च्युरा, दालमोठ, बिस्कुट पाएपछि उनी दंग देखिन्थे।

जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर निर्माण गरिदिने भन्दै उनको खरको घर दुई वर्ष अघि उजारिएको थियो। तर, अहिलेसम्म घर नबन्दा उनी पराल ओच्छ्याएर सुस्न बाध्य छन्। अन्नपूर्ण पोस्ट्ले उनको दर्दनाक अवस्थाको कथाव्याथा सार्वजनिक गरेपछि जनता आवासबाट कार्यक्रमबाट पीडित भएका महोत्तरीको भंगहा नगरपालिका ८० पीडित परिवारले राहत पाएका छन्।

‘हामी सधैं तपाइको साथमा’ भन्ने नारालाई आत्मसात गरी मध्यपहाडी जिल्लाको शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रे र ‘गरौं योग रहौं, निरोग’ नारा साथ पहाडबाट तराई झरेको पतञ्जली योग समिति बनेपा काभ्रेले शितलपीडित परिवारलाई राहत वितरण गरेको हो। प्रत्येक परिवारलाई २ थान म्याट, एक थान त्रिपाल, बच्चालाई लुगाफाटो, चाउचाउ, बिस्कुट, दालमोठलगायतका खाद्य समाग्री वितरण गरिएको छ।

महोत्तरीको भंगहा नगरपालिका मुसहर दलित ८० घरपरिवारलाई पौने चार लाख बराबरको ब्लयाङकेट, म्याट, खाद्यान्न समाग्रीसहितका राहत वितरण गरिएको शुलभ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रमेश श्रेष्ठले जनाए। शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिमिटका अध्यक्ष बिक्रम श्रेष्ठले गरिब मुसहरलाई राहत वितरण गर्दै सामाजिक सेवा गर्नेको कुनै दायरा नहुने बताए।

‘शितलहरमा पराल ओछ्याएर सुत्ने गरेको र परालकै गुन्द्री सिरकको रूपमा ओड्ने गरेको देख्दा भावुक बनायो’, अध्यक्ष श्रेष्ठले भने, ‘अन्नपूर्ण पोस्ट्मा पहिलो पृष्ठमै छापिएको त्यो हृदयविदारक तस्बिरले भावुक बनायो। अनि सहकारीको आस्मिक बैठक बसेर तराईका गरिबका लागि पहाडबाट न्यानो माया लिएर तराई झरे।’ ‘हामीलाई दुई–तीनवटा लुगामाथि ज्याकेट लगाउँदा त जाडो लग्छ’, अनि पराल ओछ्याएर गरिब मुसहर कसरी रात काट्छन् होला ? त्यो क्षण कल्पणा पनि गर्न नसकिएको उनले उल्लेख गरे।

शुलभ बचत तथा ऋण सहकारी संस्थाले राहत वितरण गर्न तराई झर्ने कुरा गरेपछि तुरुन्तै पतञ्जलि योग समिति बनेपा काभ्रे पनि सघाउने राहत लिएर भंगहा पुगेको योग समितिका अध्यक्ष दमनकुमार श्रेष्ठले सुनाए। गरिबहरूको बसोबासलाई व्यवस्थित बनाउन राहत लिएर पुगको टोलीले भंगहा नगरपालिका मेयर संजिवकुमार साहलाई आग्रह गरेका छन्।

‘हृदयदेखि धेरै धेरै धन्यवाद दिन्छौं। कहाँ काभ्रे कहाँ महोत्तरी। जिल्ला टाढा भएपनि नेपालीको मन एक छ। त्यहिभएर हाम्रो ठाउँको गरिबले राहत पाए’, मेयर साहले भने, ‘दलित बस्तीको नगरपालिका कुनै हो भने त्यो भंगहा नै हो। बाँतर, चमार, मुसहर दलित बसोबास छ।’

बाजे–बुवाको नागरिकता छैन। यले बच्चाहरूको जन्मदर्ता बन्न नसक्दा दलितका बच्चाहरू स्कुल जानबाट वञ्चित रहेको मेयरले जनाए। ‘बच्चाहरूको जन्मदर्ता गर्न थलेका छौं’, मेयर साहले भने, ‘बच्चाहरूको पढाईको ग्यारेन्टी हामी गछौं। लुगाफाटो, स्वास्थ्य, शिक्षामा उनीहरूको पहुँच पुर्याएरै छाँडुछौं’, उनले भने।

प्रदेश २ का जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत बितेको दुई वर्षमा थालिएको ८ हजार २ सय घरको निर्माण काम अलपत्र छ। प्रदेश र संघीय सरकारको संरचना फेरबदल भएपछि गएको साउनदेखि घर निर्माण कार्य अलपत्र छ। मुसहर र डोम समुदायलाई पहिलो प्राथमिकतामा राखेर घर निर्माण थालिएको थियो। निर्माण अलपत्र परेपछि ४५ हजार डोम र मुसहर समुदायका मानिस शितलहरमा पालमा सुत्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.