शैक्षिक समाग्री पाएपछि बालबालिका दंग

शैक्षिक समाग्री पाएपछि बालबालिका दंग

 जनकपुरधाम : वैकल्पिक सिकाई केन्द्रमा अध्ययनरत महोत्तरीको मटिहानी नगरपालिका–७ का बालबालिका शैक्षिक समाग्री पाएपछि दंग परेका छन्। 

मटिहानी नगरपालिका र यूनिसेफको सहयोगमा समुदायिक सिकाई केन्द्र मटिहानीमा अध्यनरत २५ बालिकालाई पोशाक र शैक्षिक समाग्री प्रदान गरिएको हो।

पूर्वमन्त्री एवं सांसद शरतसिंह भण्डारीले केन्द्रमा अध्यनरत बालबालिकालाई शैक्षिक समाग्री विपतरण गर्दै अब कोही पनि अशिक्षित नरहने वातावरण बनेको बताए। ‘शिक्षा र स्वास्थ्य हाम्रो संवैधानिक र मौलिक हक हो,’ उनले भने, ‘सम्मान अधिकारका लागि शिक्षामा गरिब तथा विपन्नले पहुँच बढाउनुको विकल्प छैन।’ 

पोशाक वितरण कार्यक्रममा सांसद निर्जला राउत, मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल र शिक्षा विकाश तथा समन्वय इकाइ महोत्तरीका प्रमुख शत्रुधन यादव, सिकाईकेन्द्र मटिहानीका अध्यक्ष श्यामकुमार मण्डल सहभागी थिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.