खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

कालिकोट : कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा  सहभागी भएको आशंकामा कममा वडा सचिव पक्राउ परेका छन् ।  वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। 

वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी बिनोद शर्माले जानकारी दिएका छन् ।  मान्छे नबस्ने नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो । यहि पुस ८ गते स्थानीय खानेपानि आयोजनाको ट्रयांकी शिलान्यास गरिएको र सोही रात खसीको  फिला र ह्याकुलो नवीनको घरमा लगेर पकाएर मदिरा पार्टी गरेको देखिएको प्रहरीले जनाएको छ।

 पार्टीमा वडाका एक कर्मचारी र दुईजना शिक्षक पनि सहभागी  थिए। आगलागी सुरु भएको घरमा १५ क्वाटर मदिराका बोतल फेला परेको छ ।  पलाँता मदिरा निषेधित गाउँपालिका हो ।

यो पनि पढ्नोस : 'खाडामा ८७ होइन, ३२ घर मात्र जलेका हुन्'​

खाडामा भाडामा बस्दै वडा सचिव प्याकुरेलले आगलागीबाट  भएको क्षतिमा सबैभन्दा बढी आफ्नो भएको विवरण पेस गरेका  छन् । उनले ४ लाख नगदसहति ९ लाख ४१ हजारभन्दा क्षति भएको दाबी गरेका छन् । कार्यलयको ल्यापटप, क्यामरा र सम्पूर्ण कागजात जलेको दाबी विवरण दिएका छन् । तर उनले आगलागी हुनुभन्दा अगाबै आफ्नो लत्ताकपडा, भात पकाउने कुकरसमेत निकालेको पाइएकाले उनले दिएको क्षतिको विवरण झुटो भएको डीएसपी बिनोद शर्माको भनाइ छ ।  क्षतिको मुचुल्कामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमसहितले सही गरेका छन् । 

                              सचिव प्याकुरेलकाे क्षतिकाे मुचुल्का

सचिव प्याकुरेलले यसअघि आफूले गरेका अनियमितताका कागज पनि आगलागीमा जलेको बहानामा गायब पारेका अनुमान प्रहरीले गरेको छ ।  

मुचुल्काको राेहवर बसेकाहरुकाे नामावली


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.