सात वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ

सात वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ

धरान : सात वर्षीय बालिका बलात्कार गरेको अभियोगमा सुनसरीको रामधुनी नगरपालिका–८ का राजेश उराँव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीे प्रहरी टोलीले रामधुनी नगरपालिका डुम्रहाकी सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उराँवलाई पक्राउ गरेको हो। 

उराँवले बालिकाको घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा घरमा गएर जबरजस्ती करणी गरेको उजुरी परेको थियो। उजुरी परेपछि उराँउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। 

उनले भने, ‘उराँवविरुद्ध जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरी आइतबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरिएको छ। घटनाको आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको छ।’ 

बलत्कारमा परेकी बालिकाको इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। बालिकाका आफन्तले बलात्कारमा संलग्न उराँवलाई कडा कारवाही गर्न माग गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.