रघुगंगाको पहुँचमार्ग निर्माण

रघुगंगाको पहुँचमार्ग निर्माण

बेनी : ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको बाँध निर्माण स्थल पहुँचमार्गसँग जोडिएको छ। रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट बुक्ल हुँदै दग्नाम र झिँको सिमामा निर्माण हुन लागेको बाँधसम्म ११ किलोमिटर सडकको ट्र्याक खुलेको हो। असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्र्याक) खन्न सुरु गरेको भारतीय निर्माण कम्पनी जेभी एसोसियट्सले बाँध स्थलसम्म सडक पुर्‍याएको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए।

घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्र्याक निर्माण भएको छ। पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति पनि गरिएको छ। बुक्लदेखि अडिट २ को सुरुङ निर्माण स्थलसम्म करिब एक किलोमिटर सडक निर्माण भएको छ। सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदुर, कर्मचारी र स्थानीयबासीलाई आवत जावतमा सहज भएको छ।

बुक्लको राहँुघाट नदी किनारसम्म सवारी साधन आवत जावत गर्न सक्छन् भने झिँ र दग्नामको सिमानामा रहेको रघुगंगा नदीमाथि आयोजनाले ट्रस प्रविधिको मोटरेबल पुल बनाउने तयारी गरेको छ। चालिस मिटर लामो मोटरेबल पुल निर्माण गर्न जग खन्ने काम सुरु भइसकेको छ। पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले फेब्रुअरीको पहिलो सातादेखि सुरुङ निर्माण सुरु गर्ने तयारी गरेको छ।

नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउने यो आयोजनाको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत गृहको काम एकैसाथ अघि बढाउने योजना बनाएको छ। ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ। एक्जीम बैंकको ४४ मिलियन डलर सहुलियत व्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.