बलिदानी दिवसमा जनकपुरमा रक्तादान कार्यक्रम
जनकपुरधाम : बलिदानी दिवसको अवसरमा राष्ट्रिय जनता पार्टी नेपाल धनुषाले जनकपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शहिदको सम्मान र सम्झनामा जनकपुरमा युवाहरु रक्तदानमा सहभागी भएका हुन्।
मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता लेखिएको राजपा नेपाल धनुषाका संयोजक ज्ञानेन्द्र झा ‘ज्ञानु’ले उल्लेख गरे।
‘हामीले दिएको रगत शहिदहरुलाई गोली हान्नेलाई पनि पक्कै उपयोगी हुने छ’ उनले भने।
शहिदहरुको शहादतले देशले फड्को मारेको बताउँदै उनले संविधान संशोधन नभएसम्म मधेश आन्दोलन जारी रहने बताए। अध्यक्ष ज्ञान भन्छन्,‘मधेशको माग अझै पनि संविधानमा समेटिएको छैन।’
प्रतिक्रिया दिनुहोस !