चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
परशुराम : डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
आलिताल गाउँपालिका-५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन्। दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ। रासस