म्याग्दीमा डाँडापाखामा हिउँ फुल्यो (फोटोफिचर)
बेनी : हिमपातका कारण मुस्ताङ र म्याग्दीको जनजीवन कष्टकर भएको छ। दुई दिनअघिको हिउँ पग्लिन नपाउँदै शुक्रबार रातिदेखि पुनः हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो। म्याग्दीमा १२ वर्षयता सबैभन्दा ठूलो हिमपात भएको स्थानीयबासीले बताएका छन्।
मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ र मुक्तिनाथ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ। मुस्ताङका सडक र जोमसोम–पोखरा हवाई सेवा ठप्प भएको छ। हिमपातले विद्युत सेवा पनि अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले बताए।
दुई देखि तीन फिटसम्म बाक्लो हिउँ जमेकाले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।
म्याग्दीको सबैभन्दा दुर्गम र विकट क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका १ गुर्जामा पैदलमार्ग र विद्युत सेवा अवरुद्ध बनेको स्थानीय जनकल्याण माविका प्रअ रुपेश सुवेदीले बताए।
विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुडाएकाले म्याग्दीमा केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिका ८ राम्चेको मथेनीमा ३३ केभी प्रशारण लाइनको चार वटा पोल भाँचिएर नांगो तार लत्रिएकाले पशुचौपाया र स्थानीयबासीलाई हिँडडुल गर्न जोखिम भएको फुलबारीका होटल व्यवसायी जुकबहादुर तिलीजाले बताए।
मंगला गाउँपालिका ३ झाँक्रेपानीमा तीस भन्दा धेरै विद्युतका पोल भाचिएर विद्युत अवरुद्ध भएको स्थानीय दर्पण रोकाले बताए। जलजला गाउँपालिका ५ लेकफाँटको फलामेडाँडामा पनि विद्युतको पोल भाँचिएर तार लत्रिदाँ दुर्घटनाको जोखिम बढेको स्थानीय पुर्खबहादुर पुर्जाले बताए।
सडकमा हिउँ जमेकाले ग्रामीण सडकमा यातायातका साधन चलेका छैनन्। यात्रुहरू पैदलयात्रा गर्न बाध्य भएका छन्। करिब पाँच महिनापछि भएको वर्षा र हिमपातले सिचाई हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकहरुमा खुसीयाली छाएको छ।
म्याग्दीमा २०६२ पछि अहिले ठूलो हिमपात भएको बेनपा १० वाखेतका लालबहादुर पुनले बताए।
स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने भएकाले हिमपातले स्याउ खेतीलाई फाइदा पुगेको शितोष्ण वागवानि फलफुल विकास केन्द्र मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए। गाइ, भेडा, चौँरी, च्याङग्रा लगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ।
म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकम, मुस्ताङको लेते, जोमसोम लगायतका पर्यटकीय स्थलहरुमा हिउँ खेल्ने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको टोड्के हिल रिसोर्टका प्रमुख मोहन केसीले जानकारी दिए।
सडक, पुल, भवन, सिँचाई लगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ। उपल्लो मुस्ताङका बासिन्दाहरू कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेसीका न्यानो स्थानमा झरेका थिए। हिमपात र चिसोका कारण विद्यालय, क्याम्पसहरूमा पठनपाठन प्रभावित भएको छ।
_20190126112642.jpg)
_20190126112641.jpg)
_20190126112641.jpg)
_20190126112641.jpg)
_20190126112640.jpg)
_20190126112639.jpg)
_20190126112638.jpg)
_20190126112638.jpg)
_20190126112638.jpg)
_20190126112637.jpg)
_20190126112636.jpg)
प्रतिक्रिया दिनुहोस !