चर्चामा चिवाभञ्ज्याङ

चर्चामा चिवाभञ्ज्याङ

फिदिम : पाँचथरको याङवरक गाउँपालिका १ र भारतको सिक्किमसँग सिमाना जोडिएको चिवाभञ्ज्याङसम्म सडक पुगेपछि यो ठाउँ चर्चामा छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको उद्गमविन्दु चिवासम्म नेपाल तर्फबाट गाडी गुड्न थालेपछि चिवाभञ्ज्याङले चर्चा पाएको हो।

सिमाक्षेत्रसम्म सडक पुगेपछि दुई देशबीचको आर्थिक, सामाजिक, राजनीतिक, पर्यटन र सुरक्षाको दृष्टिकोणबाट चिवाले चर्चा पाएको हो। नेपाल तर्फबाट सीमाक्षेत्रसम्म गाडी गुड्न थालेपछि नेपालका मन्त्री, पूर्वमन्त्री र नेताहरू समेत यो ठाँउ पुग्न थालेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो एक महिने जनसंवाद यात्राको शुभारम्भ चिवाभञ्ज्याङबाटै सुरु गरे। चिवा पुगेपछि भट्टराईले लोकमार्गको निकासका लागि भारत सरकारसँग कुरा अघि बढाउने बताए।

‘म प्रधानमन्त्री भएको बेला यो सडकलाई राष्ट्रिय गौरवको रुपमा विकास गर्न थालिएको हो,’ भट्टराईले भने ‘तर, अहिलेसम्म सडकले निकास पाउन नसक्नु दुर्भाग्य हो। सडकको निकासका लागि पहल गर्नेछु।’

जनसंवाद यात्रा टुंगिएपछि नेपाल सरकार र सिक्किमका मुख्यमन्त्रीसँग सडकको निकाशका लागि कुरा अघि बढाउने उनको भनाई छ। दुई देशको सडक जोडिएपछि चिवाभञ्ज्याङलाई दुई देशको आर्थिक नाका बनाउन सकिने भट्टराईले बताए।  

नेपालतर्फबाट भारतको सिमानासम्म सडक पुगेर पनि उताबाट सडक नजोडिँदा चिवाको बारेमा चासो बसेको हो।

सीमाक्षेत्रसम्म दुवै देशबाट सडक जोडिएपछि चिवा व्यापारिक केन्द्र बनाउन सकिने सम्भावना छ। भारततर्फ  सिक्किमको उत्तरे बजारसम्म सडक विस्तार भएको छ। चिवादेखि १७ किलोमिटर पैदल हिँडेपछि मात्र उताबाट विस्तार गरिएको सडकमा पुग्न सकिन्छ।

सिक्किमको उत्तरे बजारदेखि चिवासम्म सडक ल्याउनका लागि पहल सुरु गरिएको नेताहरूको भनाई छ। सिक्किमतर्फ वन क्षेत्र परेकाले चिवासम्म सडक ल्याउन समस्या भएको हो। ‘सिक्किममा वनको नियम कडा भएकाले सडक विस्तार गर्न ढिला भएको हो,’ सिक्किमको पर्यटन क्षेत्रको अगुवाई गरिरहेका अशोक क्षेत्रीले भने ‘चिवासम्म सडक विस्तार गर्नका लागि हामीले पनि पहल गरिरहेका छौँ।’

चिवाभञ्ज्याङ प्राकृतिक रुपमा पनि निकै सुन्दर छ। सडक पुगेपछि चिवा पर्यटकीय गन्तव्य समेत बनेको हो। हिउँद याममा हिँउले डाँडाहरू सेताम्मे हुन्छन्। हरियाली वनजंगल, फराकिला फाँट, दुर्लव मानिने वन्यजन्तुहरू र जडिबुटिहरू पाइने मनमोहक चिवाप्रति सबै आकर्षित हुन थालेका छन्। सडक पुगेपछि चिवाप्रतिको आशा र निराशा दुवै दृष्टिकोणबाट चिवाको चर्चा हुन थालेको हो।

पाँचथर सदरमुकाम फिदिमदेखि ९५ किलोमिटर दुरीमा रहेको चिवासम्म सडक पुगेपछि आन्तरिक र बाह्य पर्यटकका लागि गन्तव्य बनेको याङवरक गाँउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए। 'चिवासम्म सडक पुगेपछि पर्यटकहरू आउने क्रम वृद्धि भएको छ,' घिमिरेले भने, 'सडकको निकासका लागि प्रयत्न गरिरहेका छौँ।’ दुई देशको सडक सञ्चाललाई जोड्न सके पूर्वी नेपालका लागि चिवाभञ्ज्याङ उत्कृष्ट पर्यटकीय र व्यापारिक केन्द्र बन्ने घिमिरे बताउँछन्।

मध्यपहाडी लोकमार्गको उद्गमविन्दु चिवासम्म गाडी गुड्न थालेपछि यसले चर्चा पाएको हो। सडक पुगेसँगै रमणीय चिवामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ। लेकाली फुलहरू फुलेको बेला र विभिन्न चाड पर्वको अवसरमा आन्तरिक पर्यटहरूका लागि चिवा गन्तव्य बन्न थालेको हो। चैत्र, वैशाखको महिनामा गुराँस र चिमल ढकमक्क फुलेको बेला जिल्लावासीहरु आफ्ना सन्तासँग चिवासम्म उक्लन थालेका छन्।

'सडकले चिवालाई पर्यटकीय क्षेत्रको रुपमा चिलाउँदै छ,' वडाध्यक्ष मोहन ढुंगेलले भने, 'व्यापारिक केन्द्र बनाउन सडकको निकासका लागि सबै तहबाट पहलकदमी भइरहेको छ।' जिल्लाका सुरक्षा निकायका प्रमुख सँगै कार्यालय प्रमुख र आन्तरिक पर्यटकहरूको निकै बाक्लो उपस्थिति हुन थालेको स्थानीयहरु बताँउछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.