मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड : झापाको कमल गाउँपालिका- ६ दही चोकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। साँझ साढे ७ बजे पाडाजुंगी-गौरीगंज सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को. १६ प. १६०६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका मोरङ रंगेली नगरपालिका ८ का ४५ वर्षीय सुरज ऋषिदेवलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते ऋषीदेवलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक पठाइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !