गुरु घिमिरे भन्छन् : ओली सरकार निर्लज्ज, अब कम्युनिष्ट लोप हुन्छ
अर्घाखाँची : नेपाली कंग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकार निर्लज्ज भएको बताएका छन् । ओलीको दुईतिहाइको दम्भले देश अँध्यारोतर्फ उन्मुख भएको भन्दै उनले हावादारी गफ छाडेर प्रतिबद्धता पुरा गर्न सुझाव दिए ।
कांग्रेस अर्घाखाँचीले गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहेको गुनासो गरे । घिमिरेले प्रतिपक्ष पनि उनकै आवाज बोलिदियोस भन्ने चाहेको आरोप लगाए ।
वर्तमान सरकारले देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको, मर्यादामा नबसेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले विश्वबाटै सकिन लागेको कम्युनिष्ट बिचार अब नेपालबाट पनि लोप हुने बताए ।