रारामाथि हिउँको कार्पेट (फोटो फिचर)
मुगु : एक सातादेखिको भारी हिमपात रोकिएसँगै यतिबोला रारा र राराबाट देखिने हिमाल सेताम्मे देखिएको छ। हिउँले ढाकिएका डाँडामा हिउँमा रमाउनेहरू त्यहाँ पुग्न थालेका छन्।
समुद्री सतहदेखि ३ हजार २०० मिटर उचाईमा रहेको देशकै ठूलो रारामा माघ ८ गते रातिदेखि एक सातासम्म हिमपात परेको थियो।
हिउँमा रमाउन चाहनेहरूका लागि रारा घुम्न उपयुक्त सिजन पनि हो। रारा किनार वरपर २ देखि ४ फिटसम्म हिउँ जमेका छ।
हिउँले डाकिएको रारामा रमाउन हवाई तथा सडक यातायात दुबै सुविधा उपलब्ध छन् तर नाग्मा-गमगढी सडक खण्ड यतिबेला हिमपातले अवरुद्ध भएकाले सडक नखुलुन्जेल हवाई यात्राको विकल्प छैन। नेपालगञ्जदेखि रारा विमानस्थलसम्म दैनिक हवाई सेवा सञ्चालनमा छ।
रारा अवोलकन गर्न आउनेहरूलाई हुटुमा होटल डाँफे र हेरिटेज भिलेज रिर्सोट तथा छायाँनाथ रारा नगरपालिका–९ माझघट्टमा होमस्टे तथा एक दर्जन जति होटल, सल्लेरीका होटलहरूले सेवा दिँदै आएका छन्।
हेर्नुस् हिमपातपछिको रारा तथा राराबाट देखिने छायाँक्षेत्र धार्मिक स्थलको हिमाल। फोटोहरूः जीवन सेजुवाल/अन्नपूर्ण
_20190206102358.jpg)
_20190206102358.jpg)
_20190206102359.jpg)
_20190206102359.jpg)
_20190206102359.jpg)
_20190206102359.jpg)
_20190206102400.jpg)
_20190206102400.jpg)
_20190206102400.jpg)
प्रतिक्रिया दिनुहोस !