अमेरिकी सूचीमा नेपालका थिंक ट्यांक

अमेरिकी सूचीमा नेपालका थिंक ट्यांक

काठमाडौं : विश्वभरिका लाखौं थिंक ट्यांकको भिडमा नेपालका आधा दर्जनभन्दा बढी थिंक ट्यांक पनि अमेरिकाको पेन्सलभेनिया विश्वविद्यालयले तयार पारेको सूचीमा परेका छन्। कैयन देशका सरकारी निकाय अन्तर्गतका थिंक ट्यांकहरू समेत सूचीमा परे पनि नेपालबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गतका २ र निजी क्षेत्रका ५ थिंक ट्यांक अमेरिकाको सूचीमा परेका छन्।

सरकारी निकायमातहतको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान भने सूचीमा परेको छैन। कूटनीति, अर्थ, सुरक्षा सबै पक्षमा अध्ययन गर्दै आएको प्रतिष्ठान पछिल्लो समय राजनीतिक कोपभाजनमा पर्दै आएको र परराष्ट्रले आफ्नो शाखा जस्तो मात्र बनाउन खोज्दा समस्याग्रस्त भएको हो। ज्ञान र नीति आपसमा जोड्न भएका प्रयास सूचीकृत गर्न पेन्सिलभेनिया विश्वविद्यालयले अध्ययन गरेको हो। सात फरकफरक वर्गमा छुट्याएर गरिएको अध्ययनले विश्वका थिंक ट्यांकहरू के गरिरहेका छन् समेत स्पष्ट पारेको छ।

नेपालमा व्यक्तिले सञ्चालन गरेका थिंक ट्यांक सूचीमा परेका छन्। अमेरिकीहरूको आँखामा नेपालका थिंक ट्यांक पनि सूचीबद्ध हुनुले नेपाली विद्धानको कदर भएको बुझाइ थिंक ट्यांक सञ्चालकहरूको छ। अन्य विषयमा समेत एसिया प्यासिफिक क्षेत्रमा नेपालका आधादर्जन थिंक ट्यांकलाई पेन्सिलभेनियाले सूचीमा राखेको छ। उसले अन्तर्राष्ट्रिय मामिला र सामाजिक विज्ञानमा आधारित अध्ययनको इन्डेक्स तयार पारेको हो।

 एसिया प्यासिफिक क्षेत्रबाट छानिएका १ सय ८ थिंक ट्यांकमा नेपालका ७ थिंक ट्यांक परेका हुन्। 

त्रिविअन्तर्गतको आर्थिक विकास र प्रशासनिक केन्द्र (सेडा) नेपालका अन्य थिंक ट्यांकभन्दा अगाडि छ। यो थिंक ट्यांक एसिया प्यासिफिकको २३ औं सूचीमा छ। इन्स्टिच्युट फर सोसल एन्ड इन्भार्नमेन्टल ट्रान्जिसन नेपालबाट परेको दोस्रो थिंक ट्यांक हो जुन एसिया प्यासिफिकको २९ औं नम्बरमा छ। दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) सूचीमा परेको तेस्रो र एसिया प्यासिफिकमा ६३ औं नम्बरमा छ। त्यसपछि नेपाल र एसियाली अध्ययन केन्द्र (सीनास), नेपाल दक्षिण एसिया केन्द्र (नेसाक), नेपाल इकोनोमिक फोरम, साझा फाउन्डेसन, समृद्धि फाउन्डेसन र नेपाल कन्र्सोटियम फर साउथ एसियन थिंक ट्यांक्स पनि परेका छन्।

एसिया प्यासिफिकमा छानिएका १ सय ८ थिंक ट्यांकमा नेपालका पनि आधा दर्जन समावेश भएका हुन्। यसमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भियतनाम, अस्ट्रेलिया, फिजी, म्यान्मा, थाइल्यान्ड, ताइवान, न्युजिल्यान्ड, ब्रुनाई, कम्बोडियालगायत छन्। त्यससँगै चीन, भारत, जापान र दक्षिण कोरियालाई भने अलग्गै राखिएको छ। त्यो वर्गमा बेग्लै १ सय २ थिंक ट्यांक छानिएका छन्। यसबाहेक युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, मध्यएसिया, एसिया प्यासिफिकलगायत वर्ग छुट्याएर विश्वविद्यालयले ८ हजारभन्दा बढी थिंक ट्यांक सूचीबद्ध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.