हुम्लामा फेरि हिमपात, हिउँ पगालेर खाना पकाउँदै

हुम्लामा फेरि हिमपात, हिउँ पगालेर खाना पकाउँदै

हुम्ला : दुर्गम हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले हुम्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको भारी हिमपातले जिल्लाको जनजीवन निकै प्रभावित भएको छ। 

बुधबार दिउँसो २ बजेबाट निरन्तर परेको वर्षाले अत्याधिक जाडो बढेको छ। सिमकोटलगायत जिल्लाका उत्तरी क्षेत्रमा परेको हिउँले स्थानीयलाई घरबाट बाहिर निस्कन समेत समस्या भएको छ भने दक्षिण क्षेत्रमा परेको वर्षाले ढुंगा खस्न थालेपछि स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कन निकै समस्या भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।'हिमपातसँगैको वर्षाले जिल्लाको जनजीवन असाध्यै प्रभावित भएको छ', अधिकारी ढुंगानाले अन्नपूर्णसँग भने, 'जिल्लाका विभिन्न क्षेत्रमा भएका प्रहरी चौकीबाट प्राप्त रिर्पोटअनुसार अहिलेसम्म कुनै अप्रीय घटना नघटे पनि जनजीवन भने कष्टकर बन्दै गएको छ।'
 

मुचुवासी हिउँ पगालेर खाना पकाउँदै 

जिल्लाको नाम्खा गाउँपालिकाको मुचु, लिमी, चालालगायतका क्षेत्रमा बुधबारदेखि स्थानीय घरबाट बाहिर निस्कन सकिरहेका छैनन्। मुचुका टाक्पा लामाका अनुसार बाहिर हिमपातसँगै अत्याधिक हावाहुरी समेत चलेको छ।पानी अभाव भएको छ।निकै जाडो बढेकाले मुचुमा हिउँ पगालेर खाना पकाउने गरिएको छ।
 
उत्तरी क्षेत्रमा माघमा मात्रै तीन पटक परेको हिउँले हिमाल पुरै सेताम्य भएका छन्।हिउँ पहिरोकाकारण एकगाउँबाट अर्को गाउँ जाने बाटाहरु समेत बन्द भएका छन्। बाहिर जान नसकिने भएपछि पशुवस्तुलाई बुधबारदेखिनै घरमै घाँस पानी गरेर राखिएको छ। 

बुधबार अपरान्ह देखिनिरन्तर परेको हिमपातमा देखिएको हुम्ला सदरमुकाम सिमकोटको दृश्य।

हिमपातले नेपाल टेलिकमका टावरमा राखिएका सोलर चार्ज नभएपछि क्षेत्र आसपासका क्षेत्रमा टेलिफोनले समेत राम्रोसँग काम दिएको छै। टेलिफोन टावरले काम नगरेपछि  घरबाहिर रहेकासँग सम्पर्क नभएपछि आफू अर्कै दुनियामा भएको महशुस भएको नाम्खायाल्वाङ्गकी छिरिङ्गपाल्मु लामाले बताइन्।

हवाई सेवा ठप्प 
बुधबारदेखि परेको हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा ठप्प भएको छ। जहाज नचलेपछि अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र आउने यात्रु प्रभावित भएका छन्।

अघिल्लो साता परेको हिमपातले अवरुद्ध भएको सिमकोट विमानस्थल जिल्लाका सुरक्षाकर्मी र कर्मचारी मिलेर फालेपछि सूचारु भएको थियो।विमानस्थलमा पुन: दुई फिटसम्म हिउँ जमेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.