कहिले नथाक्ने हिउँको रमाइलो (फोटोफिचर)
डोल्पा : जतिपटक हिमपात हुन्छ त्यति नै पटक हिउँ खेल्नेको घुँइचो लागिरहन्छ। करिब ४ वर्षपछि यसवर्ष माघमा हिउँ परेको हो। निरन्तर तीन दिनसम्म भएको हिमपातले सदरमुकाम दुनैसम्म आधा फिट हिउँ जमेको छ भने माथिल्लो डोल्पामा २ फिटभन्दा धेरै हिउँ जमेको अनुमान गरिएको छ।
जिल्लाका कयौँ स्थानमा हिउँ पहिरो खसेर बाटो अबरुद्ध भएका छन्। यातायातका साधन बीचमै रोकिएकोले यात्रु अलपत्र परेको बटुवा रणवीर बोहोराले जानकारी दिए। उनका अनुसार पहिरो र ढुङगा झर्ने भएको कारण यात्रु बीचैमा रोकिएका हुन्। लगातारको हिमपातले डोल्पाको हवाइ सेवा पनि तीनदिनदेखि अवरुद्ध भएको छ।