प्रथम सहिदको सम्झनामा गाउँपालिकामा सार्वजनिक बिदा

प्रथम सहिदको सम्झनामा गाउँपालिकामा सार्वजनिक बिदा

गोरखा : नेपालका पहिलो सहिद घोषणा भएका लखन थापाको स्मृतिमा गोरखाको सहिद लखन गाउँ कार्यपालिकाले बिहीबार गाउँपालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका कार्यालयले विज्ञप्ति जारी गरी सहिद लखन थापाको स्मृति तथा सम्मानमा गाउँपालिकाभरि सार्वजनिक विदा दिएको हो । विसं. १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ काहुलेभँगारमा थापा र उनका सहयोद्धा जैसिङ चुमी मगरलाई तत्कालीन राणा सरकारको निर्देशनमा झुण्डाएर हत्या गरिएको थियो ।

सोही दिनको सम्झना तथा सम्मानमा गाउँपालिकामा रहेका सरकारी कार्यालय तथा स्कुलमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत नरेन्द्रराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.