चुनौतीमा हात्तीपाइले अभियान

चुनौतीमा हात्तीपाइले अभियान

गुलरिया : सरकारले नेपालबाट हात्तीपाइले (फाईलेरिया) रोग निवारण गर्ने उद्देश्यले १६ वर्ष अघिदेखि सुरु गरेको अभियान चुनौतीपूर्ण बन्दै गईरहेको छ । बर्दियामा उच्चवर्गका मानिसले औषधि सेवन गर्न चाँसो नदिएपछि अभियानमा चुनौती थपिएको हो ।सरकारको सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य पूरा नहुने सम्भावना बढेको छ।

हात्तीपाइले रोग प्रभावित ६१ जिल्लामध्ये २५ जिल्लामा औषधि खुवाउने अभियान सकिएको छ । ३६ जिल्लामा अभियान जारी रहेको स्वास्थ्य कार्यालय बर्दियाका फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । 

२०६७ सालमा सर्वेक्षण गरी ६ वर्ष औषधि खुवाइ पुनः सर्वेक्षण गर्दा धेरैले औषधि सेवन नगरेका कारण बारबर्दिया नगरपालिकाको धधवारमा ११ दशमलव ९४ प्रतिशत र ठाकुरबाबा नगरपालिकामा ४ दशमलव ९८ प्रतिशत बिरामी भेटिएपछि अभियानलाई पुन निरन्तरता दिनु परेको हो । उनले भने, 'हात्तीपाइले रोगको निवारण नभएपछि आठौं पटक बर्दियामा औषधि खुवाउँदै छौं । फागुन १५ गतेदेखि बर्दियाका ८ वटै स्थानीयतहमा औषधि खुवाउने कार्यक्रम तय गरिएको छ।' 

छोटो समयमा अभियानको तयारी, धार्मिक, सामाजिक मूल्य मान्यता, डर, त्रास र औषधिको उपयोगिता नबुझ्दा औषधि खुवाउने अभियानमा चुनौती थपिएको उनको भनाइ छ। 'औषधि र आवश्यक सामाग्री समयमा आउँदैन जिल्लाभर करिव ४ लाख ३३ हजार २८० जनालाई औषधि खुवाइँदै छ,' उनले भने । स्थानीयतह गठन भएपछि स्वयंसेवक लगायत औषधि खुवाउने स्वास्थ्यकर्मीको संख्या ३ सय जना मात्र उपलब्ध गराइँदा समस्या परेको उनको भनाइ छ ।

गुलरिया नगरपालिकामा मात्र ६४ हजार ३३० जनालाई औषधि खुवाउने लक्ष्य रहेको गुलरिया नगरपालिकाका स्वास्थ्य प्रमुख सुनिल पाण्डेले बताए । उनले भने, 'गुलरिया नगरपालिका भित्रका ५, ६, ७ र ८ गरी चारवटा वडामा औषधि खुवाउन समस्या छ ।'  

 'लामखुट्टेको टोकाइले एक मानिसबाट अर्को मानिसमा सर्ने उच्चेरिया ब्राँक्रोफ्टी नामक परजीवी मार्न डाईइथायलकार्बामाजिन र अबलेन्डाजोल औषधि उमेर अनुसार हामीले निशुल्क खुवाउँछौं,' उनले भने, 'औषधिको सेवनपछि शरीरमा धेरै परजीवी भएका मानिसलाई टाउको दुख्ने, वाकवाकी लाग्ने वा पेट दुख्ने लगायतका सामान्य स्वास्थ्य अवस्था आउन सक्छ तर आत्तिनु पर्दैन ।' 

स्वास्थ्य प्रमुख पाण्डेले औषधि खान नडराउन आग्रह गर्दै भने, 'गर्भवती महिला तथा एक हप्तासम्मका सुत्केरी आमा, सिकिस्त बिरामी, छारेरोगका बिरामी र दुईवर्ष नपुगेका केटाकेही बाहेक प्रत्येक व्यक्तीले हात्तीपाइले विरुद्धको औषधि अनिवार्य सेवन गर्नुपर्छ ।'

सुरुमा हात्तीपाइले नदेखिए पनि मानीसको शरीरमा परजीवी हुन सक्छ । सोही परजीवी लामखुट्टेको माध्यमबाट अर्को मानिसको शरीरमा पुग्दा हात्तीपाइले रोग लाग्छ । हाईड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँडडुल गर्न नसक्नु हात्तीपाइले (फाईलेरिया) रोगका लक्षण भएको उनले बताए।
 

     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.