लुट्न सके लुट कान्छा, लुट्न सके लुट (फोटो फिचर)
काठमाडौँ : चर्चित लोक गायक पशुपति शर्माको व्यंग्यात्मक गीतलाई दबाब दिएर हटाउन लगाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएकको छ । स्वतन्त्र नागरिकको नाममा गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ माइतीघरमा घन्काइएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवाहरु र सरकारका अधिकारीको दबाबमा युट्युबबाट हटाउन बाध्य पारिएको भन्दै यो ती माइतीघरमा बजाएर प्रदर्शन गरिएको हो ।
माइतीघर मण्डलामा स्वत:फुर्त भेला भएर 'गीत होइन, भ्रष्टाचार बन्द गर', 'कम्युनिष्ट सरकार कि पञ्चायत रिटर्न्स', 'लुटतन्त्र बन्द गर' जस्ता नारासहितका पम्प्लेट बोकेर पशुपति शर्माको गीतमा नाचेका हुन् ।
विरोध कार्यक्रममा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् । कार्यक्रममा सहभागीहरुले 'पशुपति शर्माको गीत जिन्दावाद’ सहितका नारा लगाउँदै कुनै पनि गीत बन्द गरिनु मौलिक हकविरुद्ध हुने बताएका छन् ।
सबै तस्बिरहरु : सुनिता डंगोल






प्रतिक्रिया दिनुहोस !