पब्जी मोबाइल प्रतियोगिता जारी
काठमाडौँ : युरोहब ग्रुप एजुकेसन कन्सल्टेन्सी प्रालिद्वारा आयोजित ‘पब्जी मोबाइल’ प्रतियोगिता काठमाडौंमा जारी छ । प्रतियोगिताको प्रायोजन पनि युरोहब ग्रुप एजुकेसन कन्सल्टेन्सी प्रालिले गरेको हो । प्रतियोगिताको पहिलो र दोस्रो चरणको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ ।
प्रतियोगितामा सहभागी हुन एक हजार एक सय ७० जनाले नाम दर्ता गराएका थिए । त्यसबाट आठ सय १६ लाई छनोट गरिएको थियो । प्रतियोगितामा अब तेस्रो तथा अन्तिम चरणका खेल हुनेछन् । अन्तिम चरणको भिडन्तका लागि २० प्रतिस्पर्धी छनोट भएको आयोजकले जनाएो छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यसैगरी एकजना उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सहप्रायोजकमा ओर्बिट एमबीबीएस (ओर्बिट मेडिकल इन्ट्रान्स प्रिपरेसन) र सहयोगीमा मेरो कन्सल्टेन्सी प्रालि रहेका छन् । यसैगरी प्रतियोगिताको ब्यवस्थापन पक्ष प्रोफेसनल गेमिङ एसोसिएसन नेपालले हेरिरहेको छ ।