रुकुम पश्चिम पुगेर बाबुरामले भने : वर्तमान सरकार पुरै असफल

रुकुम पश्चिम पुगेर बाबुरामले भने : वर्तमान सरकार पुरै असफल

रुकुम पश्चिम : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारको एक बर्षे समिक्षामा पुर्णतः असफल भएको आरोप लागाएका छन् । सरकारले सुशासन कायम गर्ने कुरामा सरकार चुकेको भन्दै भट्टराईले यो सरकारको पालामा भ्रष्ट्राचार, अनियमितता बढेर गएको बताएका छन् ।

नयाँ शक्ति पार्टीद्वारा सञ्चालित जनसम्वाद यात्राका सन्दर्भमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्राका क्रममा बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा पुगेका डा. भट्टराईले सरकारको कडा आलोचना गरेका हुन् ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले एनसेल प्रकरण हल गर्न नसकेको, वाइडबडी जहाज खरिद प्रकरणमार मुछिएको र बूढीगण्डकी जलविद्युत् आयोजना आफैँले बनाउने भनेर कमिसनको खेलमा भकुण्डो खेले जस्तो पछि हटेको आरोप उनले लगाए । 

आफु अर्थमन्त्री हुदाँको परिकल्पना गरिएको मध्यपहाडी लोकमार्ग आसपासका जनताको जनजीविका र यहाँको राजनैतिक अवस्था अवलोकन गर्न यात्रामा निस्केको बताउँदै उनले तत्कालिन माओवादीमा रहँदा उठाएका राजनैतिक सवाल नछाडेको पनि बताएका छन् । 

‘युद्ध सुरु गर्नुभन्दा पहिला पनि म यही तरिकाले घुमेको थिएँ । त्यही आधारमा हामीले ४० सूत्रीय मागसहित युद्ध सुरुवात गरेका थियौँ,’ भट्टराईले भने, ‘जनयुद्धताका उठाएका धेरैमध्ये राजनैतिक माग पुरा भएपनि राष्ट्रियतासम्बन्धी माग विस्तारै पुरा हुन्छ । अहिले हामी आर्थिकरुपमा जनजीविकासँग जोडिएका माग पुरा गर्ने चरणमा छौँ  ।’

मध्यपहाडी क्षेत्रका स्थानीय सरकार र तिनको अवस्थाबारे आफूले अन्तरक्रिया गरेको बताउँदै डा. भट्टराईले वर्तमान स्थानीय सरकारबाट जनता असनतुष्ट पाएको पनि बताएका छन् । 

आफुहरुले युद्धताका देखे भोगेका धेरै कुरा अहिले पनि उही अवस्थामा रहेको भन्दै उनले जनताका आधारभूत आवश्यक पनि पुरा नहुनु दुःखद भएको बताएका छन् । माघ १५ गतेदेखि सुरु भएको जनसम्बाद यात्रा फागुन १५ गते सकिनेछ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.