रुकुमको एक विद्यालय ३७ विद्यार्थी एकैपटक बिरामी

रुकुमको एक विद्यालय ३७ विद्यार्थी एकैपटक बिरामी

रुकुम पूर्व : आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरु ठूलो संख्यामा  बिरामी परेका छन्।  पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन्। 

केहीदिनदेखि विद्ययालय आएका  विद्यार्थी टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन्। 

प्रधानाध्यापक सेनकाअनुसार विद्यालयका २७९ जना विद्यार्थी मध्ये ३७ जना बिरामी परेका छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ५ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ । स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका  प्रअ सेनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.