डोल्पामा हिउँपहिरोमा सयौं चौरी वेपत्ता

डोल्पामा हिउँपहिरोमा सयौं चौरी वेपत्ता

दुनै,डोल्पा : निरन्तर परेको हिमपातपछि हिउँपहिरोमा परी सयौं चौरीहरु वेपत्ता भएका छन्। माथिल्लो डोल्पाका विभिन्न चौरी खर्कमा हिउँपहिरो जाँदा चौरी वेपत्ता भएका हुन्। पुसको अन्तिमदेखि माघ महिनाभर परेको भारी हिमपातपछि हिउँपहिरो जाँदा बनमा रहेका चौरीहरु मरेका हुन्।

छार्काताङसोङ गाउँपालिकाको कागकोटको बनमा हिउँपहिरोमा परी सयभन्दा धेरै चौरीहरु मरेका छन् भने सयौं चौरीगाई हराइरहेको गाउँपालिकाका अध्यक्ष शेनाङ गुरुङले जानकारी दिए। भारी हिमपातपछि याकको खोजीमा पाटन पुगेका गोठालाले सबै याकहरु पहिरोले पुरेको र कतिपय ठाउँमा याकहरु मरेको फेला पारेको चौरी गोठाला सोनामफुन्जोक गुरुङले जानकारी बताए। 

कति चौरी मरे र कति जीवित छन् भन्नेबारे कुनै जानकारी नभएको भोटवासीहरु बताउँछन्। सबैभन्दा भरपर्दो र ढुवानीको एक मात्रै साधन चौरी हिउँपहिरोमा हराएपछि भोट क्षेत्रका सबै किसान शोकमा डुबेका छन्। धेरैजसो परिवारका चौरी पहिरोमा परेको आशंका गरिएको स्थानीय कुञ्जाङ लामाले जानकारी दिए। उनले आफ्ना सबै चौरी  हिउँपहिरोमा परेको बताए। एउटा चौरीको मूल्य ५० हजार देखि ९० हजारसम्म पर्छ।

हिउँदमा पनि उच्च हिमाली पाटनमा चौरीगाई बस्ने र हिउँपहिरोमा परेर मर्ने गरेको यो घटना भने नयाँ नभएको शे फोक्सुण्डो गाउँपालिका ४ का वडा अध्यक्ष पेमावाङजेन गुरुङले बताए। 'हरेक वर्ष हिउँपहिरोले याकहरु मर्ने गरेका छन्, पशु बिमा हुँदैन, कृषक मारमा पर्ने गरेका छन्, वडा अध्यक्ष गुरुङले भने,' भोटवासीले एकै वर्षमा करोडौंको सम्पति हिउँ पहिरोमा गुमाउने गरेका छन्। 

बर्खामा तिब्बतबाट सामान ढुवानी गर्ने र हिउँदमा तल्लो डोल्पाबाट मकैलगायतका अन्नबालिहरु ढुवानी गर्ने मुख्य साधन नै चौरी हुन्। तीनै चौरी हरेक वर्ष हिउँपहिरोमा मर्न थालेपछि भोटवासीलाई ढुवानीको समस्या हुने आङबहादुर लामाले बताए। 

हिउँपहिरोमा परी कति चौरी मरे भन्नेबारे कुनै यकिन भने छैन। सञ्चारका कुनैपनि माध्यम नभएको र ३ फिटभन्दा धेरै हिउँ जमेको कारण क्षतिको विवरण आउन भने सकेको छैन। 


     

         
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.