गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते
दुनै,डोल्पा : डोल्पाको करवगाड खदाङ्ग सडकखण्डमा पर्ने कुच्चिभीर नजिकै सडकमाथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदांग हरियापनीबाट रुकुमको छरेबगरकातर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला पहिरोसँगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।
खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका नेपालीलाई उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ। पहिरोसँगै झरेका ढुंगाले ट्याक्टरको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ।त्यसैगरी सँगै छुटेको अर्को भे १ त १९५२ को ट्याक्टर पनि पहिरोमा फसेको तर चालकको अवस्था अज्ञात रहेको बताइएको छ।
भरखरै ट्रयाक खोलेर संचालनमा ल्याइएकाले जाजरकोट डोल्पा सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस !