बलात्कार आरोपमा उजुरी दर्ता
राजविराज : सप्तरीको रुपनी गाउँपालिका १ का ३८ वर्षीय देवेन्द्रकुमार यादवविरुद्ध बलात्कार आरोपमा उजुरी दर्ता भएको छ। यादवले भने आफूलाई फसाइएको दावी गरेका छन्।
घटना विवरण अनुसार बलात्कार गरेको आरोप लागेका यादवलाई झुक्याएर बाहिर निक्लिएकी पीडितले होहल्ला गरेपछि गाउँलेहरू जम्मा भए। गाउँलेहरूले नजिकै रहेको इलाका प्रहरी कार्यालय रुपनीलाई खबर गरी आइतबार राति नै यादवलाई प्रहरीको जिम्मा लगाएका हुन्।
दुई छोरा र दुई छोरीकी आमा ३० वर्षीया ती महिलाका पति वैदेशिक रोजगारीका लागि मलेसियामा छन्।
पक्राउ परेका आरोपितले भने ती महिलासँग आफ्नो आर्थिक कारोबार रहेको तर रकम बुझाउन ढिला भएको अवस्थामा फोन गरी घरमा बोलाएर फसाएको दावी गरेका छन्। यसअघि पनि आफू पटक–पटक त्यहाँ जाने गरेको उनको भनाई छ।
पीडितको उजुरीमा थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए।
उजुरीकर्ता महिलाको राजविराजस्थित अञ्चल अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण भएको छ।
एक महिनाको अवधिमा सप्तरीमा यो समेत पाँच वटा बलात्कारको उजुरी दर्ता भएको सप्तरी प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !