३५० पुरुष भिक्षु बन्न लुम्बिनी जाँदै (फोटो फिचर)
ललितपुर : ललितपुरका ३५० जना पुरुष सामुहिक रुपमा भिक्षु बन्न लुम्बिनी जाँदै छन् । ध्यान गरी ज्ञान प्राप्त गर्न फागुन १४ गते बिहान उनीहरु सामुहिक रुपमा लुम्बिनी जान लागेका हुन् । १४ गते बिहान लुम्बिनी ध्यान गर्न गएका उनीहरु २५ दिनपछि फर्किनेछन् ।
आयोजक श्री हिरण्यवर्ण महाविहार सुधार समितिले कार्यक्रम आयोजना गरी उनीहरुलाई सोमबार नगर परिक्रमा गराएको छ । ललितपुरको नागबाहालबाट निस्किएकाे टोली गोल्डेन टेम्पल, पाटन दरबार स्क्वाएर हुँदै पुलचोक इन्जिनियरिङ कलेजसम्म परिक्रमा गर्ने छन् ।