तान्त्रिक प्राण प्रतिस्थापन गर्ने नाच (फोटोफिचर)
काठमाडौं : भक्तपुरमा नवदुर्गा गणको नाच देखाइएको छ। ६ महिना चल्ने यो नाच प्रत्येक वर्ष भक्तपुरको सुर्यमढियोबाट सुरु हुने गर्छ।
भक्तपुरका विभिन्न २१ स्थानमा देखाइने यो नाच महिषासुरको प्रतीक खँम्ये बध गरेसँगै सुरु हुन्छ। नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रम्हायणी पीठमा वध गरिएको थियो।
तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर नाच सुरु गर्ने परम्परा चलिआएको छ। देवीनाचको लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका छन्। नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा पुर्याएर आवश्यक पूजाविधिपश्चात नवदुर्गा भवानीको देवताघरमा राखिएका छन्।
हेर्नस्, अन्नपूर्णकर्मी सरोज बैजूको लेन्समा कैद भएका तस्बिरहरू :








प्रतिक्रिया दिनुहोस !