आरती स्ट्रीप्स धरान रन फागुन २५ गते

आरती स्ट्रीप्स धरान रन फागुन २५ गते

काठमाडौं : आगामी फागुन २५ गते आरती स्ट्रीप्स धरान रन हुने भएको छ । १० किमी लामो धरान रनको तयारी सुरु गरिएको आयोजकले जनाएको छ।

नेपालकै धेरै धावक धाविका सहभागी हुने बृहत च्यारिटी रन सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ सुरु भएको थियो । धरान उपमहानगरपालिका-८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौड सुरु भएर तीनकुनेस्थित श्रीजंगा शालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर टुंगिनेछ । 

च्यारिटी रन संस्थापक सन्तोष राईकी सुपुत्री नेवा राईको हाईड्रोक्याफलस अर्थात् टाउकोमा पानी जम्ने रोग लागेपछि उनको नामबाट स्थापित ‘नेवा च्यारिटी रन’ नामकरण गरी सुरु भएको यो रन प्रत्येक वर्ष आयोजना गरिन्छ।

यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम बर्सेनि समाज सेवामा खर्च भइरहेको छ। सुरुमा २७ जनाबाट सुरु भएको यसमा यो वर्ष ५ हजारलाई दौडाउने लक्ष्य छ ।

प्रथम संस्करणबाट संकलित रकम शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो। यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पुर्याइदिएको छ।

यस्तै, दोस्रो संस्करणबाट बचेको रकमले संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो। 

तेस्रो संस्करणबाट धरान पोजिटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले २ लाख ५० हजार प्रदान गर्यो। चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कटवाल, मृगौला रोगी प्रमिला बिक, क्यान्सरपीडित बालक नवीन बिक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल दुई लाख सहयोग गरेको थियो। पाँचौँ र छैटौ संस्करणमा उठेको ६ लाख बाट धरान रनले ‘नेवा च्यारिटी एजुकेसन फन्ड’ स्थापना गरिएको अध्यक्ष रमु राईले बताए।

हाल यस अक्षय कोषबाट सामुदायिक विद्यालयका १७ जना विद्यार्थीले छात्रवृति सहयोग पाइरहेका छन् । उनीहरुको भर्ना एवं वार्षिक शुल्क, शैक्षिक सामग्री, पोशाकलगायत सबै खर्च फन्डले उपलब्ध गराइरहेको छ।

यहाँ स्वस्फूर्त रुपमा स्वयंसेवा गर्न सय जना युवा जोडिएका छन्। धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, सरसफाई , चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ। धरान रनसँग नेपालको सबैभन्दा ठुलो स्टील कम्पनी आरती स्ट्रीप्स प्रालिले साथ दिएको छ ।

शीर्ष स्थानमा भने यति फलोरिङ्ग, नेपाल टेलिकम, प्रभु बैंक लगायतको साथ छ। यस कार्यक्रमको आयोजक नेवा च्यारिटी धरान तथा व्यवस्थापन कि इन्टरटेनमेन्ट प्रालि काठमाडौंले गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.