पहिरो खस्दा दार्चुलामा एकको मृत्यु, दुई घाइते

पहिरो खस्दा दार्चुलामा एकको मृत्यु, दुई घाइते

दार्चुला : दुहुँ गाउँपालिका-३ स्थित निर्माणाधीन दार्चुला-तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन्। मंगलबार बिहान पहिरो खस्दा नौगाड गाउँपालिका-४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।

खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड-४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र ३ का उधारो ठगुन्ना घाइते भएका छन्। 

घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए।मानसिंहको हातमा चोट लागेको छ। दार्चुला-तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो। दिउँसो ओहोरदोहोरमा समस्या हुने भएपछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए। दार्चुला-तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ।रासस 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.