कोदालोको पासो प्रहार गरी श्रीमतीको हत्या
बिर्तामोड : कोदालोको पासो र बाँस प्रहार गरी झापाको मेचीनगर नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मेचीनगर नगरपालिका-१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार बिहान ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन्।
मंगलबार बिहान करिब साँढे ६ बजेतिर राजवंशीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो।
चम्पालीको शव पोस्टमार्टमका लागि मेची अंचल अस्पताल भद्रपुर पठाइएको छ। हत्यामा संलग्न लखिन्द्र राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !