ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले बढ्यो
काठमाडौं : ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले वृद्धि भएको छ । मंगलबार सूचना सार्वजनिक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले माघ १८ गतेदेखि लागु हुने गरी पदयात्रामा काम गर्ने पदयात्री सहयोगीको ज्याला वृद्धि गरेको हो।
ज्याला प्रतिदिन तीन सयदेखि तीन सय ८० रुपैयाँसम्म वृद्धि भएको छ । सगरमाथा क्षेत्रमा पदयात्रामा काम गर्ने सहयोगीले अव प्रतिदिन दुई हजार दुई सय ६८ रुपैयाँ पाउने भएका छन् ।
अन्नपूर्ण र मकालु, कञ्चनजंगा क्षेत्रमा काम गर्नेले प्रतिदिन दुई हजार दुई सय २० पाउने टानका महासचिव आङपेम्वा शेर्पाले बताए । गाइडले अब न्यूनतम एक हजार पाँच सय भन्दा माथि पाउने छन् ।
प्रतिक्रिया दिनुहोस !