बोलेरोको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिर्तामोड : झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा जीपको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरोले साइकल यात्री सोही नगरपालिकाका ४७ वर्षीय दिपक राईलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते राईलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !