निन्दाखोलामा आध्यात्मिक कार्यक्रम हुँदै

निन्दाखोलामा आध्यात्मिक कार्यक्रम हुँदै

धुलाबारी : स्थानीय कला र संस्कृति प्रवद्र्धनका लागि झापाको मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित निन्दाखोला किनारमा अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम हुने भएको छ। ‘विराट् सत्संग समारोह २०७५’ नाम दिएर फागुन २३ र २४ दुई दिनसम्म हुने कार्यक्रममा धर्म र अध्यात्मका विषयमा प्रवचन दिइनेछ।

आध्यात्मिक समारोहमा मानव धर्मका प्रणेता सद्गुरुदेव श्रीसतपाल महाराजबाट दिव्य उद्वोधन र आशीर्वचन व्यक्त गर्ने कार्यक्रम रहेको आयोजक नेपाल मानव धर्म सेवा समितिले जनाएको छ। कार्यक्रममा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रमसहित झाँकीसमेत प्रस्तुत हुने आयोजक समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताए।

‘सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले यस्तो कार्यक्रम हरेक वर्ष गर्दै आएको छ, यो वर्ष हामीले झापाको निन्दा खोला किनारमा यो कार्यक्रम आयोजना गरेका हौं,’ अध्यक्ष ठाकुरले भने, ‘कार्यक्रममा हामी धर्म र अध्यात्मबारे विभिन्न मतको सार तत्त्वलाई कार्यक्रममार्फत दर्शाउँछौँ।’

यसअघि यस्तो कार्यक्रम काठमाडौं, विराटनगर, जनकपुर, बुटवल, चितवन, हेटौंडा, नेपालगन्ज र महेन्द्रनगरमा कार्यक्रम आयोजना गरिएको थियो। झापाको मेचीनगरस्थित निन्दा खोलाकिनारमा हुने कार्यक्रममा नेपालसहित छिमेकी देश भारतलगायत राष्ट्रबाट सयभन्दा बढी सन्तमहात्मा र तीन लाख हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

सहभागीका लागि खान, बस्न, आकस्मिक स्वास्थ्योपचार तथा सुरक्षाको व्यवस्था स्वयंसेवक दलले गरेको छ। कार्यक्रमका लागि स्थानीय प्रशासन, मेची उद्योग वाणिज्य संघ, स्थानीय समाजसेवीसहित विभिन्न संघसंस्थासँग समन्वय गरिएको छ।

पहिलो दिन हुने उद्घाटन कार्यक्रममा मानव धर्मका प्रणेता सद्गुरुदेव श्रीसतपाल महाराज, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सिक्किम विधानसभाका सभामुख केएन राई, सिक्किम डेमोक्रेटिक फ्रन्टका वरिष्ठ उपाध्यक्ष गिरिसचन्द राईसहित भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत राष्ट्रका प्रतिनिधिको उपस्थिति रहनेछ। कार्यक्रम सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.