ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दमक : झापाको विर्तामोडमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा बिर्तामोड नगरपालिका–७ बस्ने ३२ वर्षीय अर्जुन मुर्मुको मृत्यु भएको हो। बिर्तामोड नगरपालिका–७ मिलडाँडास्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते चालकको उपचारको क्रममा मेची अञ्चाल अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।