चौथो झापा गोल्डकप : झापा ११ को शानदार सुरुवात

चौथो झापा गोल्डकप : झापा ११ को शानदार सुरुवात

बिर्तामोड : मोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट झापाको बिर्तामोडमा सुरु भएको छ। उद्घाटन खेलमा शानदार जित दर्ता गर्दै आयोजक झापा ११ अघिल्लो चरणमा प्रवेश गरेको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो। 

झापा ११ को जितका लागि पहिलो हाफमा भएको २ गोल पर्याप्त भयो। खेलको ४० औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी काजिम बुखारीले खाता खोलेका थिए। 

त्यस्तै क्याप्टेन कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो।

दोस्रो हाफमा पनि सहाराले झापालाई दबाब राख्न नसक्दा खेल झापाको पक्षमा रह्यो। खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। 

आगामी फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकाडेमीसहित १० टिम सहभागी छन्। विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।  आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ एफसीबीच खेल हुने आयोजकले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.