प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।  शनिबार राति उपचारका क्रममा निधन भएका ८३ वर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलयमा पुगेर श्रद्धान्जली व्यक्त गरेका हुन्।

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर सम्मान गरे। पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री भएका थिए।

यसैबीच नेकपाको आज बिहान बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। अध्यक्ष ओली र दाहालले जारी गरेको वक्तव्यमा अधिकारीले मुलुकको परिर्वतन र रुपान्तरणको अभियानमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ।

वक्तव्यमा अधिकारीकी श्रीमति सविता,छोरीहरु लुना,लिमा र लिजालगायत सम्पूर्ण आफन्तजनमा समवेदना व्यक्त गरिएको छ । पार्टीको सचिवालय बैठकले अधिकारीलाई सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका भएका नेताको रुपमा स्मरण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.