जाजरकोटमा काठको लाप्कोबाट गाडी तार्दै

जाजरकोटमा काठको लाप्कोबाट गाडी तार्दै

जाजरकोट : काठको लाप्को (अस्थायी पुल) बाट पनि गाडी तार्ने गरिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, पक्की पुल नहुँदा जाजरकोटको नलसिंहगाड खोलामा काठको लाप्कोबाट जोखिम मोलेर गाडी तार्ने गरिएको छ।

जाजरकोट–डोल्पा सडकको खलंगा–कालिमाटी–तल्लुवगर सडकखण्डमा पर्ने नलगाडको कालिमाटी र दल्ली जोड्ने नलसिंह गाड खोलामा पुल नहुँदा काठको लाप्को राखेर गाडी वारपार पार्ने गरिएको हो। पश्चिम रुकुमको चिसापानी र जाजरकोटको छेप्का जोड्ने बैरीतालस्थित भेरी नदीमा पक्की पुल बनेपछि र नलसिंहगाड खोलामा अस्थायी पुल (काठको लाप्को) बनाएपछि जाजरकोटको तल्लुबगरसम्म सीधा यातायात सञ्चालनमा आएको छ। तर, यो अस्थायी काठको लाप्कोले मंसिरदेखि जेठसम्म मात्र सीधा यातायात सञ्चालनमा आउने गर्छ।

कच्ची सडक बनेर यातायात सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नलसिंहगाड खोलामा पुल बनाउने सुरसार छैन। पुल नहुँदा सीधा यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीयले विकल्पका रूपमा खोलालाई एकीकृत गरी काठेलाप्को बनाएर यातायात सञ्चालन गरेको नलगाड–५ कालिमाटीका हासिलाल पन्तले बताए। यही खोलाबाट चार सय १० मेगावाटको जलाशययुक्त नलसिंह जलविद्युत् आयोजना निर्माण थालिएको छ। पुल नभएकै कारण वर्षायाममा बाटो बन्द हुँदा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणमा समेत बाधा पर्ने गरेको छ।

सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले नलसिंहगाडमा पक्की पुल नबन्दासम्मका लागि बेलिब्रिज राखेर समस्या समाधान गर्न पहल भइरहेको बताए।  जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि यस सडकमा साना–ठूला गरी १३ वटा पुल बनाउन अझै बाँकी छ।

सेनाले बाटोको ट्र्याक खोल्ने काम सम्पन्न गरे पनि पुल बनाउने काम भने सडक विभागकै हो। तर, विभागले पक्की पुल बनाउन सुरसारसमेत गरेको छैन। डिभिजन प्रमुख भट्टले नलसिंहगाडमा बेलिब्र्रिज राख्न डिजाइन स्टमेट गर्नेबाहेक अन्य खोला तथा नदीमा पक्की पुल बनाउने कुनै कार्यक्रम नरहेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.