जेष्ठ नागरिकलाई सहयोग, घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
जुम्ला : तिला गाउँपालिकाले तीन सयभन्दा धेरै जेष्ठ नागरिकलाई एकसाथ जाडोका लागि सहयोग गरेको छ ।
गाँउपालिकाभरका ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान स्वरुप ज्याकेट, पछ्यौरा, र हर्लिक्स प्रदान गरिएको हो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार यसअघि पनि पालिकाले जेष्ठ नागरिकलाई सम्मान गरिसकेको छ । गाउँपालिकाले नविल बैंकको सहयोगमा जेष्ठ नागरिकलाई सहयोग गरेको हो ।
गाउँपालिकाको सभाबाट पारित निर्णय अनुसार दुई महिनाको एक पटक घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी उपचार गर्ने व्यवस्था पनि गरेको छ । गाउँपालिकाको यस्तो सेवाबाट सयौं जेष्ठ नागरिक लाभान्वित छन् । अध्यक्षका अनुसार गाउँपालिकाका कोही पनि जेष्ठ नागरिक वृद्धाश्रममा गएका छैनन् ।
नविल बैंकका शाखा प्रबन्धक रामप्रसाद लामिछानेले बैंकको वार्षिक कुल नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने निर्णय अनुसार आफूहरुले यहाँका जेष्ठ नागरिकलाई सहायता गरेको बताए ।
प्रतिक्रिया दिनुहोस !