सगरमाथाको उचाइ नाप्न तालिम

सगरमाथाको उचाइ नाप्न तालिम

 काठमाडौं : सगरमाथाको उचाइ मापनका लागि नापी विभागका कर्मचारीलाई हिमाल आरोहण तालिम दिइएको छ। सगरमाथाको चुचुरोसम्म प्राविधिक पठाउने लक्ष्य राखेर विभागले प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित पाँचजना कर्मचारीलाई रसुवाको लाङटाङ क्षेत्रमा आरोहण तालिम दिन थालेको हो।

नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा फागुन १९ देखि चैत ३ गतेसम्म तालिम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक एवं प्रशिक्षक छिरिङ जाङबु शेर्पा र पर्वतारोहण पथ प्रर्दशक नरबहादुर अस्तानी तालिम प्रशिक्षक छन्। तालिममा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी, सुरेन्द्र थापा र अमिन युवराज धिताल सहभागी छन्। वसन्त ऋतुमा सगरमाथाको उचाइ मापनका लागि तालिम प्राप्त कर्मचारी आधारशिविर र चुचुरोसम्म पुग्ने छन्।

तालिमकै क्रममा ५,७३२ मिटरको याला पिक आरोहण गराइने र ग्लेसियरसम्बन्धी तालिम युव्रा ग्लेसियरमा गराइने प्रमुख प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताए। तालिममा हिऊँसम्बन्धी जानकारी, हाइअल्टीच्यूडलाई पचाउने गरिने अभ्यास, डोरी, ज्यूमर, क्राम्पोन, भ¥याङको प्रयोग जस्ता प्राविधिक जानकारीसहित हिमाललाई प्रत्यक्ष रूपमा चिन्न सक्ने बनाइने शेर्पाले बताए।

तालिम लिएकामध्ये दुईजना कर्मचारी आधारशिविर भन्दामाथि चुचुरोसम्म पठाइने र तीनजनालाई आधारशिविरमै राखेर काम लगाइने लक्ष्यसहित पाँच जनालाई तालिम दिएको नापी विभागले जनाएको छ।

अमेरिका, चीन, भारत, जापान, इटालीका विज्ञको सुझाव लिएर विभागले आफ्नै प्राविधिक परिचालन गरी पहिलो पटक सगरमाथाको उचाइ मापन सुरु गर्न लागेको हो।

विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७१ वर्षपछि नेपालले मापन थालेको हो। यसअघि भारतले मापन गरेको

८,८४८ मिटर (२९ हजार २८ फिट) लाई सरकारले आधिकारिक उचाइ मान्दै आएको छ।

प्राविधिकले मात्र मापन असम्भव

ऐतिहासिक काम गर्न सरकारले नापी विभागलाई जिम्मा दिए पनि विभागले दक्ष जनशक्तिलाई प्रयोगमा कञ्जुस्याइ गरेकाले उचाइ मापनको लक्ष्य पुरा हुनेमा शंका देखिएको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाको भनाइ छ। ‘विभागले उचाइ मापनमा प्राविधिक कर्मचारीको मात्र भर गरी दुई साताको हिमाल आरोहण तालिम दिएर चुचुरोसम्म पुगेर काम गर्न सकिनेमा प्रश्न उठ्छ’, शेर्पाले भने।

आधारशिविरसम्मको काम सहज भए पनि त्यस भन्दामाथिको काम आरोहण मात्र नभइ लामो समयसम्म बसेर गर्नुपर्ने भएकाले दक्ष जनशक्तिको जरुरत पर्ने देखिन्छ।

विभागले सरकारसँग २५ करोड भन्दा बढी बजेट माग गरेको छ। यो वर्ष १७ करोड रुपैयाँ निकाशा गरेको छ। बजेट सदुपयोग नभएको सरोकारवालाको आरोप छ। नापी विभागले यसअघि सिराहस्थित नेपाल–भारत सीमा नजिकै मदारबाट सोलुखुम्बुको सिमानासम्म एक सय ७० किलोमिटर पहिले गरिएको लेबलिङ सर्भेको काम पुनः दोहो¥याएको छ। विभागले १२ वटा विन्दुको लेवलिङको काम सम्पन्न गरी तथ्यांक संकलनमा जुटेको छ। नापी विभागले प्राविधिक प्रतिनिधिलाई चुचुरोसम्म पठाउनु पर्ने अनिवार्य नै हुन्छ, तर ‘स्नो राडर इक्युप्मेन्ट’ प्रविधि प्रयोग गरी त्रिकोणात्मक विधिबाट उचाइको मापन गर्ने लक्ष्य राखे पनि दुई प्राविधिकलाई उचाइमा पठाउने लक्ष्य राख्दा यो विधि पुरा हुने देखिदैन। चुचुरोसम्मको उचाइ र चुचुरो भन्दा जमिनको ग्राभिटी समेत मापन गर्ने लक्ष्य विभागको छ। २०७६ मंसिरसम्ममा सरकारलाई रिपोर्ट बुझाउने लक्ष्य राखेको विभागका महानिर्देशक गणेश भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.