पारासुट नखुलेपछि सेनाका हवल्दार सीधै भुइँमा बजारिए

पारासुट नखुलेपछि सेनाका हवल्दार सीधै भुइँमा बजारिए

काठमाडौँ : सेना दिवसका क्रममा राजधानीको टुँडीखेलमा आयोजित विशेष कार्यक्रमका क्रममा एकजना सेनाका हवल्दार पारासुट नखुल्दा सीधै भुइँमा खसेका छन् । 

फ्री फल जम्पमा सहभागी सेनाका हवल्दार पूर्णबहादुर भण्डारी पारासुट नखुल्दा दुर्घटनामा परेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारका उच्च पदस्थ अधिकारी उपस्थित कार्यक्रममा टुँडीखेलमा झर्ने क्रममा पारासुट नखुलेपछि उनी दुर्घटनामा परे । 

फ्री फल जम्का क्रममा पारासुट नखुलेपछि उनी सीधै भुइँमा झरेर घाइते भएका थिए । दायाँ खुट्टामा गम्भीर चोट लागेका उनको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए । 

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै 'सेना दिवस-२०७५' लेखिएको ब्यानर पनि प्रदर्शन गरेको थियो ।

सेना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् । 

उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको लोकार्पणकासाथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.