नेपालका कर्मचारीको तेस्रो टोलीलाई भारतमा तालिम

नेपालका कर्मचारीको तेस्रो टोलीलाई भारतमा तालिम

काठमाडौँ  :नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ बाट तालिम लिइरहेको छ । आईएनजीएफमा सञ्चालन भइरहेको ‘ग्लोबल पर्सपेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ तालिम फागुन २० देखि सुरु भएको हो । 

उक्त तालिम भारतीय विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (आईटेक) अन्तर्गत सञ्चालन भइरहेको छ ।

कुल ६२ कर्मचारीलाई प्रदान गरिने यो विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध र आवश्यकतामा तयार पारिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।

यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए । आईएनजीएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था इन्स्टिच्युसन आफ इन्टरनल अडिटर्स (आईएए) फ्लोरिडासहितका प्रमुख संस्थासँग आबद्ध छ । आईएनजीएफ संसारभरका विकासशील मित्र राष्ट्रका कर्मचारीलाई आईटेक कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.