नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

भक्तपुर : नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ। अंग प्रत्यारोपणको क्षेत्रमा नेपालसँगै विश्वमा भइरहेको उपचार र विकसित उपकरणको प्रयोगबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले आउँदा बैशाख ७ र ८ गते काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयोजनमा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय अंग प्रत्यारोपण समाजको सहआयोजनामा सम्मेलन हुनेछ। सम्मेलनबारे जानकारी दिन मंगलबार भक्तपुरमा आयोजित पत्रकार भेटघाटमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सम्मेलनमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जापान, सिंगापुरसँगै दक्षिण एसियाली मुलुकका विशेषज्ञ चिकित्सकहरुको सहभागिता हुने जानकारी दिए।

सम्मेलनमा करिब चारसय चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुने उनले बताए। ‘सम्मेलनमा अंग प्रत्यारोपणका क्षेत्रमा ख्यातिप्राप्त विश्वभरकै वरिष्ठ चिकित्सकहरुको सहभागिता हुनेछ’, डा. श्रेष्ठले भने, ‘सम्मेलनले नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा थप टेवा पुग्ने विश्वास लिएका छौं।’

सम्मेलनमा देशभरका जिल्लास्तरका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र नर्सिङ निर्देशकहरुलाई सहभागी गरएर अंगदान, अंग प्रत्यारोपण र मस्तिष्क मृत्युसम्बन्धी छुट्टै कार्यशाला हुने अस्पतालकी मृगौलारोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले जानकारी दिइन्। यसको लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको उनको भनाइ थियो। उनले भविष्यमा देशभर अंग प्रत्यारोपणसम्बन्धी सेवा विस्तार गर्न जिल्ला अस्पतालमा गर्नुपर्ने तयारी एवं व्यवस्थापनबारे जानकारी दिन उक्त कार्यशाला गर्न लागिएको स्पष्ट पारिन्। अंग प्रत्यारोपणको क्षेत्रमा नेपालले गरिरहेको कार्य र हासिल गरेको प्रगतिबारे विश्व समुदायलाई जानकारी दिन पनि सम्मेलन कोसेढुंगा सावित हुने उनले सुनाइन्।

प्रत्यारोपण खेलकुद भक्तपुरमा

पत्रकार सम्मेलनमा विश्व मृगौला दिवसको अवसरमा भक्तपुरमा दसौं नेपाल प्रत्यारोपण खेलकुद हुने जानकारी दिइएको छ। प्रत्यारोपण खेलकुदअन्तर्गत व्याडमिन्टन, दौड र मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा अंग प्रत्यारोपित तथा अंगदाताहरुको सहभागिता हुनेछ। काठमाडौं र उपत्यका बाहिर हुँदै आएको उक्त प्रतियोगिता यसवर्ष भक्तपुरमा गर्न लागिएको केन्द्रले जनाएको छ।

 फागुन ३० गते परेको विश्व मृगौला दिवसको अवसरमा प्रत्यारोपण खेलकुद हुनुअघि भक्तपुरको सूर्यविनायकबाट प्रभातफेरी सुरु हुने उनले बताए। उनकाअनुसार प्रभातफेरी भक्तपुर नगर परिक्रमा गरेर खेलकुद प्रतियोगिता हुने सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय प्रांगणमा समापन गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.