सय केजी गाँजा सहित घरबाटै पक्राउ

सय केजी गाँजा सहित घरबाटै पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले एक सय केजी गाँजा सहित पक्राउ परेका एक व्यक्तिलाई मंगलबार सार्वजनिक गरेको छ ।

पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय भीमबहादुर ब्लोनलाई उनकै घरबाट एक सय केजी गाँजा सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

घरबाटै बिक्रीको तयारी गरिरहेको सूचनाको आधारमा ब्लोनलाई सोमबार पक्राउ गरिएको उनले जानकारी दिए । पाँचवटा ठूलो र दुईवटा सानो प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्लोनलाई    लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.