रुखले च्याप्दा एक जनाको मृत्यु
रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ रिम्कामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । आठबिसकोट–५ का ६८ वर्षीय भागिराम बस्नेतको रुखले च्यापिएर मृत्यु भएको हो।
बिहीबार बिहान जलिगाडको जंगलमा रुख काट्ने बस्नेत क्रममा रुखले च्यापि घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा उनलको मृत्यु भएको परिवारले जानकारी दिएको छ।
सोही रुखले च्याप्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय जनक विक रहेको र घाईते विकको आटबिसकोटको नगर अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !