लैङ्गिक समानताका लागि भिक्षुणीको साइकल यात्रा

लैङ्गिक समानताका लागि भिक्षुणीको साइकल यात्रा

काठमाडौं : ‘नारी सशक्तिकरण नै समाज विकासको आधार’ भन्ने सन्देश दिँदै ड्रुक अमितभा माउन्टेनका १५० कुङफु नुन्स भिक्षुणीहरुले साइकल यात्रा गरेका छन्। स्वयंभूस्थित सेतो गुम्वा ड्रुक अमितभा माउन्टेनका भिक्षुणीहरु कुङफु नुन्स खेलाडी हुन्। 

नारी दिवसको अवसरमा भिक्षुणीहरुले लैङ्गिक समानताका लागि नारी पनि कम्जोर छैनन् भन्दै एक दिवसिय साइकल यात्राको आयोजना गरेको हो। भिक्षुणी भएर पनि समानताका लागि आफु सुरक्षित र सक्षम बन्नु पर्छ भन्ने सन्देस दिएर विभिन्न सामाजिक गतिविधिगरी लैङ्गिक समानताको जनचेता फैलाउँदै आएको भिक्षुणी एशे ल्हामोले बताइन्। 

दुई महिनाअघि काठमाडौंदेखि खोटाङको हलेसीसम्म लैङ्गिक समानताको जनचेता फैलाउदै साइकल यात्रा गरेको समेत उनले बताइन्। गुम्बाभित्र बसेर ध्यान गर्ने मात्र नभएर अनीहरुले स्वयंभू परिषर र काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरी  फरक उदाहरण दिदै आएका छन्। 

t


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.