विप्लवमाथि सरकार कठोर बन्ने : गृहमन्त्री थापा

विप्लवमाथि सरकार कठोर बन्ने : गृहमन्त्री थापा

सुर्खेत : संविधान विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी गरेका हुन्। 
    
निरन्तर वार्तामा बसेर मुलधारको राजनीतिमा आउन अपिल गरिरहे पनि आतंकवादी गतिविधि नरोककोले अब विप्लवमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिए। ‘हामीले उनीहरुलाई पनि वार्तामा आएर लोकतान्त्रिक पद्धतीबाट मूलधारमा आउन अपिल गरिरहेका छौँ', उनले भने, ‘हाम्रो अनुरोधलाई अस्वीर गर्दै आफ्नो गतिविधि नछोडेमा कठोर रुपमा प्रस्तुत हुन्छौं, शान्ति सुरक्षाका लागि हामी जस्तो सुकै कदम चाल्न पनि तयार हुनेछौं।'

पछिल्लो समय विप्लवको गतिवधि बढिरहेको अवस्थामा सरकारले जसरी पनि नियन्त्रणमा ल्याउने दाबी गरे। ‘स्थानीय तहमा धम्की दिने, चन्दा माग्ने गरेको सूचना पाएका छौं', उनले भने, ‘हामी सुरक्षाका लागि जिम्मेवार छौं, उनीहरुबाट नडराउनुहोस्। छिट्टै हाम्रो नियन्त्रणमा आउनेछन्।' विगतमा कुनै विशेष तत्त्वले संरक्षण गरे पनि अब कसैले संरक्षण गर्न नसक्ने उल्लेख गरे। 

यस्तै गृहमन्त्री थापाले कर्णालीमा विशेष सुरक्षा रणनीति बनाइने उल्लेख गरे। सरकारले एक वर्षको अवधिमा आधारशिला तयार पारेकाले अब समृद्धिका लागि काम तीव्र रुपमा संचालन हुने उनको भनाइ थियो। 
    
देश विखण्डन गर्ने तत्त्व मूलधारमा ल्याउन सफल भएकाले अब शान्ति र समृद्धिका योजनाहरु धमाधम अगाडि बढाइने मन्त्री थापाले बताए। यस्तै, रेशम चौधरीको जन्मकैदको विषयमा मन्त्री थापाले अदालतको फैसलाविरुद्ध सरकार नजाने धारणा व्यक्त गरे। ‘सरकार अदालतको सम्मान गर्दछ, अहिले अदालतको फैसला विरुद्ध सरकारले कुनै पनि गतिविधि अगाडि बढाउने छैन', उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.