हिम पहिरोमा परी नेदरल्याण्डका पर्यटक र नेपाली गाइडको मृत्यु

हिम पहिरोमा परी नेदरल्याण्डका पर्यटक र नेपाली गाइडको मृत्यु

काठमाडौं : मनाङमा हिम पहिरोमा परी एक विदेशी पर्यटक र एक नेपाली गाइडको मृत्यु भएको छ । मनाङको ढुकुर पोखरी र पिसाङ हिमालको बीचमा ३२०० मिटरको उचाइमा उनीहरु हिम पहिरोमा परेको ‘परिवार होलिडे’ टे्रकिङ कम्पनीका गाइड बिबलाल तामाङले जानकारी दिएका छन्।

 हिम पहिरोमा परी ज्यान गुमाउनेमा नेदरल्याण्डका पर्यटक ३० वर्षीय भी. जे.ब्लोएम र  धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका गाइड २५ वर्षीय अजय ढकाल रहेका छन् । उनीहरु फगुन १४ गते नै हिमपहिरोमा परेको भए पनि शनिबार मात्रै यसबारे जानकारी प्राप्त भएको थियो। 

लामो समय सम्पर्कविहीन भएपछि समीट हेलीकोप्टरमार्फत ३ जना माउन्टेन गाइडको सहयोगमा खेजी गर्दा शनिबार शव फेला परेको खोजीमा गएका गाइड छिरिङ पाण्डे भोटेले जानकारी दिए ।  दुवैको शव शनिबार नै काठमाडौं ल्याउने तयरी भएको गाइड भोटेले बताए ।

मृत्यु भएका नेदरल्याण्डका पर्यटकको परिचय पत्र


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.