महिला भलिबललाई केएनपीको साथ

महिला भलिबललाई केएनपीको साथ

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ को पाँचौं संस्करण आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापानले मुख्य प्रायोजन गर्ने भएको छ।

आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्रले प्रायोजनसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे। सम्झौतापछि अब ‘पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल’ को नामबाट प्रतियोगिता सञ्चालन गरिनेछ। भलिबल राष्ट्रिय खेल घोषित भएदेखि नै केएनपी यो प्रतियोगिताको मुख्य प्रायोजक रहँदै आएको छ।

यसपटक प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले दिए। खड्का अनुसार, प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसका अतिरिक्त पहिलो हुने टोलीका सम्पूर्ण खेलाडीलाई दी रिगल इकले सुट पिस सौजन्य गर्ने भएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्मृति स्पेसल अवार्ड विजेता खेलाडीलाई पनि जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यी दुवै विधाका विजेतालाई नगद पुरस्कारका अतिरिक्त सुलक्स सेन्टरबाट ३० हजार रुपैयाँबराबरको टिसर्ट घडी पनि उपहार प्रदान गरिनेछ। उदीयमान खेलाडी र स्पेसल अवार्डका विजेतालाई बुद्ध एयरबाट माउन्टेन फ्लाइटको टिकटसमेत प्रायोजन गरिएको पनि बताइएको छ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस पटकदेखि हरेक खेलको ‘उमन अफ दी म्याच’ लाई पनि पाँच हजार रुपैयाँ र ट्रफी पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल लागत २१ लाख रुपैयाँ रहेको जानकारी अध्यक्ष खड्काले दिए। प्रतियोगिताको पाँचौं संस्करणमा साबिक विजेता एपीएफ क्लब, होङगान्जी न्यु डायमन्ड, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघ र जाउलाखेल भलिबल प्रशिक्षक केन्द्र गरी ६ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रममा केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्रले खेलकुद क्षेत्र समाज र राष्ट्रलाई एकताको सूत्रमा जोड्ने महत्त्वपूर्ण कडी भएकाले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे। नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादर चन्दले खेलकुदको विकासमा व्यावसायिक प्रतिष्ठानहरूको सहयोग अत्यावश्यक रहेको धारणा व्यक्त गरे। उनले आगामी दिनमा देशभित्र आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित गर्न संघले आवश्यक कदम चाल्ने जानकारी पनि दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.